धनगढी : महिलाको नेतृत्व पारदर्शिता र समानताको अभियानलाई अघि बढाउने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रिय अभियान समिति गठन गरिएको छ। कैलाली, धनगढीमा सम्पन्न सातौं ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन २०८१ को निर्णयअनुसार समिति गठन गरिएको हो।
सम्मेलनमा “महिलाको नेतृत्व, पारदर्शी काम, समानताका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ प्रदेश समिति चयन गरिएको थियो। नवगठित समितिमा बिमला कठायत संयोजक, अप्सरा कुँवर प्रवक्ता, नजिया बानु व्यवस्थापक, रिता शाही, इन्दिरा दानपाली, निर्मला बिक, लक्ष्मी भण्डारी, मुस्कान खातुन, लक्ष्मी रावल, माहिनी गार र जयन्ती भट्ट सदस्य रहेका छन्।
यसै अवसरमा सम्मेलनले १९ बुँदे घोषणापत्र पनि जारी गर्ने निर्णय गरेको छ। महिला सशक्तीकरण, समान अवसर, नेतृत्व विकास, तथा लैंगिक न्याय जस्ता विषयलाई समेट्दै घोषणापत्र सार्वजनिक गरिने आयोजकहरूले जनाएका छन्।
प्रतिक्रिया दनुहोस्