अख्तियारमा महेन्द्रनगरको तथ्याङ्क अनुसार सुदूरपश्चिमबाट चालु आर्थिक वर्षमा ६६७ उजुरी दर्ता

धनगढी : चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावण महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरमा ११४ उजुरी दर्ता भएका हुन्। अख्तियारको तथ्याङ्क अनुसार ३८ उजुरी हुलाक, ३६ उजुरी इमेल, २३ उजुरी लिखित र १४ उजुरी फोनमार्फत दर्ता भएका हुन्।

भदौ महिनामा ८३ उजुरी दर्ता भएका छन्। भदौमा दर्ता भएका उजुरीहरूमा २८ इमेल, २२ हुलाक, २० टेलिफोन र ११ वटा लिखित दर्ता भएका हुन्। असोजमा ५१ उजुरी दर्ता भए। २० लिखित, १७ हुलाक, १२ इमेल र २ वटा उजुरी टेलिफोनमार्फत दर्ता भएका हुन। कात्तिक महिनामा ५९, मङ्सिरमा ४६, पौषमा ८१ र माघ २७ गतेसम्म ६३ उजुरी दर्ता भएका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टले चालु आर्थिक वर्षमा ५६ प्रतिशत उजुरी फर्छ्यौट भएका बताए।

Seti Hospital

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा ६६७ नयाँ उजुरी दर्ता भएका छन्। गत आर्थिक वर्ष २०८०÷०८१ बाट जिम्मेवारी सरेका ४९८ मा ६६७ नयाँ उजुरी थप भएका हुन। चालु आर्थिक वर्षको हालसम्म एक हजार एक सय ६५ उजुरी अख्तियारमा दर्ता भएका छन्। २०८१ माघ २७ गतेसम्म ६५४ उजुरी फर्छ्यौट भएका छन्। हाल ५११ उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन। चालु आर्थिक वर्षको हालसम्म ५६ प्रतिशत उजुरी फच्र्यौट भएका हुन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार