कैलालीको बर्दगोरियामा १३ वार्षिय बालिकामाथी सामुहिक बलात्कार

धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिका–२ झगडपुरमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डीएसपी कबिन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल बिक र १६ वर्षीय किशोर रहेका छन्।

SHIKHAR COOL TECH

प्रहरीका अनुसार पीडित बालिका स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन्। गोपाल बिकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर पसलमा पुगेकी थिइन्। सोही क्रममा उनीहरूलाई पसलको कोठामा लगी जबरजस्तीकरणी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे पीडितकी दिदीले आइतबार साँझ प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय, बौनियाबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो। हाल उनीहरू प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार