सुनसहित त्रिभुवन विमानस्थलबाट महिला पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित एक महिला पक्राउ परेकी छन् । थाई एयरको उडानमार्फत थाइल्यान्डको बैंककबाट आएकी काठमाडौं महानगरपालिका–१५, स्वयम्भूकी ५८ वर्षीया मैयाँ तामाङ गुरुङलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

लुकाइछिपाइ भन्सार छली गरी लैजान लागेको उक्त धातुसहित मैयाँलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Seti Hospital

उनको साथबाट प्रहरीले धातुका रिङ १६, सुनजस्तो देखिने धातुका टुक्रा पाँच, सिक्री एक, औँठी एक र बाला एकथान बरामद गरेको छ । करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातु बरामद गरेको छ।

आवश्यक अनुसन्धान र कारबाहीका लागि उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार