धनगढीको एक्सिस विद्याश्रममा गरीयो कानुनी मेलाको आयोजना

धनगढी : धनगढीको एक्सिस विद्याश्रममा कानुनी मेलाको आयोजना गरिएको छ। एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले एक्किस कानुनी मेलाको आयोजना गरेको हो।

बिहिवार कानन समूहका विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानको दायरा बढाउने उद्देश्यले मेलाको आयोजना गरिएको छ। बोर्ड परीक्षालाई समेत मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको विद्यालयले बताएको छ। कानुनी मेलामा कानुन सम्बन्धी विभिन्न विषयमा प्रतियोगितात्मक कार्यक्रमहरू समावेश गरिएका थिए।

SHIKHAR COOL TECH

प्रचार्य अनिता पन्त सभापति रहेको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशी रहेका थिए। मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका कार्यालय प्रमुख प्रकाशदत्त भट्ट, वरिष्ठ अधिवक्ता देवराज अवस्थि, जिल्ला सरकारी वकिल कायलय कैलालीका प्रमुख भानदेव जोशी, धनगढी उप–महानगरपालिकाका कानून अधिकृत खड्क कुञ्जेडा लगायतको सहभागिता रहेको थियो। सुदूरपश्चिममा मानव अधिकारको अवस्थाको विषयमा अन्तरसंवादसमेत गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार