कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलिका सामान बरामद

धनगढी : कैलाली र कञ्चनपुरमा प्रहरीले अवैध भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ शिसापोष्ट, अदालत रोड, त्रिवेणीघाट, भजनी नगरपालिका-७ सिराधानी सिबिर नजिक, भजनी-९ भुरुवा, टिकापुर-२ अस्नेहरी मनेहरा सिबिर नजिक, र टिकापुर-९ बालुवाटार लगायतका स्थानबाट अन्दाजी ५ लाख ५५ हजार ५९० रुपैयाँ बराबरका लेडिज सुट, गलबन्दी, सुर्ति, गुड्खा, बिडी, मैदा, प्लास्टिक झिल्ली लगायतका सामानहरु र हिरोहण्डा मोटरसाइकल प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Seti Hospital

यसैगरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३ जमुनाघाटबाट अन्दाजी ८ हजार बराबरको कुखुराको चारा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोलीले बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको छ। दुवै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार