घोडाघोडी : कैलालीको स्थानीय तहमा कानुन अधिकृत नहुँदा कार्य सम्पादनमा समस्या हुने गरेको बताइएको छ । घोडाघोडी नगरपालिका –१ सुखडमा नागरिकको न्यायमा सहज पहुँचका लागि न्यायिक र अर्धन्यायिक निकायको जिम्मेवारी र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखले सो समस्या बताएका हुन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा भएका अन्तरक्रिया कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले न्यायिक समितिप्रतिको धेरै नागरिकको अपेक्षा भए पनि भनेअनुसार काम गर्न नसकिएको बताए ।
त्यसैगरी लम्कीचुहा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक जुना चौधरीले न्यायिक समितिमा कानुन अधिकृत नहुँदा न्याय निरूपण गर्न समस्या भएको अनुभव सुनाइन् । स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएअनुसार न्यायिक समितिले काम कारबाही गर्दै आएको उनले बताइन् ।
प्रतिक्रिया दनुहोस्