मोटरसाइकल दुर्घटनामा परेर कैलालीका एक किशोर घाइते

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर एक किशोर घाइते भएका छन्। जिल्लाको कैलारी गाउँपालिका–६ बस्ने १६ वर्षीय अमन चौधरी आफैले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ प ५२६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मंगलवार राति उनी घाइते भएका हुन्।

सडकमा कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ। घाइते अमनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार