कैलाली : कैलालीको अत्तरियामा घरको छतबाट खसेर एक जना घाइते भएका छन । अत्तरिया चोकमा रहेको सरोज भट्टको ब्यवसायीक घरको छतबाट खसेर डडेल्धुराको अमरगढी नगरपालिका – ६ का बब्लु ताम्राकार घाईते भएका हुन ।
गयराती घरको दोस्रो तलाबाट खसेर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गगा बहादुर थापाले बताएका छन ।
प्रतिक्रिया दनुहोस्