सहिदको सपना साकार पार्न आवश्यक छ: प्रदेश प्रमुख मियाँ

कैलाली : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सहिद दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले सुखराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति  श्रद्धाञ्जली व्यक्त गर्दै सहिदहरूको सपना पुरा गर्नु पर्ने समेत बताएका छन्।

SHIKHAR COOL TECH

नेपाली जनतालाई स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने  सहितप्रति सम्मान व्यक्त गर्न  सहित दिवस मनाउने गरिएको भन्दै प्रदेश प्रमुख मियाँले दिवसले सहिदको सपनालाई साकार पार्न  थप प्रेरणाको अपेक्षा गरेको समेत जनाएका छन्।

‘न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई साकार पार्न आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमानदारिताका साथ पूरा गर्न आजको यस दिवसले हामी सबैलाई थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु’ प्रदेश प्रमुखले जारी गरेको सन्देशमा भनिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार