कैलालीको घोडाघोडीमा रुखबाट खसेकी ५७ वर्षीया साउदको निसर्गमा मृत्यु

धनगढी : कैलालीमा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-१ की ५७ वर्षीया जोगादेवी साउदको रुखबाट खसेर मृत्यु भएको हो।

सोमबार बेलुका घर नजिकैको मोहन्याल सामुदायिक वनमा घाँस काट्न गएकी उनी रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन्।

सुखडमा सामान्य उपचारपछि निसर्ग अस्पताल धनगढी ल्याइएकी उनको हिजो राति नै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार