विश्व हिन्दु परिषद् नेपालले गर्यो धनगढीमा रामायण कक्षा परीक्षा सम्पन्न 

धनगढीः पहिलोपटक विश्व हिन्दु परिषद् सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा रामायण कक्षा परीक्षा सम्पन्न गरेको छ।

२६ हप्ताको पढाइपछि परीक्षा गरी प्रथम द्वितीय र सान्त्वना पुरस्कार प्रदान गरेर कार्यक्रम सम्पन्न गरिएको हो। सोमवार चैतन्य पाठशालाको आयोजनामा पुरस्कार वितरण गरी उक्त कार्यक्रम समापन भएको हो। कार्यक्रममा विश्व हिन्दु परिषद् सुदूरपश्चिम प्रदेश सम्भाहक अध्यक्ष महेन्द्रराज पन्त सभापति रहेका थिए भने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशी प्रमुख अतिथि रहेका थिए।

SHIKHAR COOL TECH

कार्यक्रममा कैलाली र कञ्चनपुरका छ वटा विद्यालयका १७१ जना विद्यार्थीको सहभागिता रहेको थियो। रामायण कक्षा परीक्षामा धनगढीको चैतन्य पाठशाला धनगढीकै पशुपति शिक्षा मन्दिर निङ्ला सैनी गुरुकुल गोदावरी, कञ्चनपुरको कृष्णपुर नगरपालिकाको महाकाली नमुना माध्यमिक विद्यालय र वसन्तपुर गरी छ वटा विद्यालयको सहभागिता रहेको विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिले जनाएको छ।

सहभागी विद्यार्थीहरूमध्ये निङ्गलासैनि गुरुकुलबाट सहभागिता जनाएका विद्यार्थी सन्तोष ओझाले ८६ दशमलव ५ प्रतिशत ल्याएर प्रथम भएका थिए भने पशुपति शिक्षामन्दिर भानुचोकबाट सहभागी भएका विद्यार्थी योगेश भट्टले ८६ प्रतिशत ल्याई द्वितीय भएका हुन्। त्यस्तै परीक्षामा सहभागी २० जनालाई सान्त्वना पुरुस्कार वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जोशीले नेपाल सरकारले आयोजना गर्नुपर्ने कक्षाहरूलाई विश्व हिन्दु परिषद् नेपालले आयोजना गरेकोमा आफूलाई खुसी लागेको र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान यसका लागि सदैव तयार रहेको तथा अन्य ठाउँका विद्यालयहरूमा यस्ता कक्षाहरू सञ्चालन गर्न सहकार्य गर्ने बताए।

त्यस्तै विश्व हिन्दु परिषद् नेपाल सुदूरपश्चिम प्रदेश संवाहक अध्यक्ष महेन्द्र राज पन्तले पछिल्लो समय बढ्दै गएको बेथिति बेसंगतिको मुख्य उद्देश्य भनेकै नैतिक शिक्षाको अभाव भएको र रामायण शिक्षाको नामबाट नैतिक शिक्षा समाजलाई प्रदान गर्ने उद्देश्यले योग कक्षाको सुरुवात गरिएकाले आगामी दिनमा यस्ता कक्षाहरूलाई निरन्तरता दिन सरकारी तथा गैरसरकारी पक्षबाट सहयोगको आशा गरिएको बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार