कैलाली र कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट अवैध सामान बरामद

धनगढी : कैलाली र कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट प्रहरीले साढे ५ लाख बढीको अवैध सामान बरामद गरेको छ । बुधवार कैलालीको धनगढी, गोदावरी, कैलारी र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट अवैध सामान बरामद गरिएको हो ।

धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहा, गोदावरी नगरपालिका – ४ गोदावरी वनदेवी मन्दिर नजिक र कैलारी गाउँपालिका – ३ शिवरत्नपुरबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख ६४ हजार ९१० रुपैयाँ बराबरको कस्मेटिक समान, फेन्सी कपडा, सुर्ती, चकलेट, कुरकुरे, नल्का, भडावर्तन लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

khadya

यस्तै भीमदत्त नगरपालिका –  ११ भुजेलाबाट २ लाख ५ हजार ४ सय बराबरको चिनी, हार्डवेयर, किराना लगायतका सामानहरू बरामद गरिएको छ । सबै सामान बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार