प्रहरी हेडक्वाटरले भन्यो– औषधि उपचार वापतको रकम काटिंदैन

काठमाडौं । नेपाल प्रहरीका कर्मचारीहरुले पाउँदै आएको औषधि उपचार वापतको रकम कटौती नहुने प्रहरी हेडक्वाटरले जनाएको छ ।

प्रहरी हेडक्वाटरको प्रशासन विभागका डीआईजी सुशीलसिंह राठौरले औषधि उपचार वापतको रकम कटौती गर्ने विषयमा सत्यता नरहेको बताए । पछिल्लो केही दिनयता नेपाल प्रहरीका कर्मचारीले पाउँदै आएको औषधि उपचारको रकम कटौती हुने भन्ने गुनासो आउनेदेखि केहीले भने त्यसैलाई कारण देखाउँदै राजीनामा समेत दिने गरेका थिए ।

Seti Hospital

प्रहरी कर्मचारीमा गुनासो आएपछि आन्तरिक सुर्कलर गरेर रकम नकाटिने समेत प्रहरी हेडक्वाटरले उल्लेख गरेको छ । ८ माघमा प्रशासन विभागले रकम नकाटिने भन्दै जानकारी गर्ने/गराउने सम्बन्धमा भन्दै एक सूचना समेत आन्तरिक रुपमा सम्प्रेषण गरेको छ ।

डीआईजी राठौले हस्ताक्षर गरेको उक्त सूचनामा लेखिएको छ, ‘प्रहरी नियमावली २०७१ बमोजिम प्रहरी कर्मचारीलाई औषधि उपचार लगायत विभिन्न सेवा, सुविधाको व्यवस्था अवगत नै छ । उक्त सुविधाहरु कटौती हुने भन्ने हल्लामा सत्यता छैन ।’

प्रहरी नियमावली २०७१ को दफा १४१ मा औषधि उपचार खर्चबारे उल्लेख गरिएको छ । १४१ को उपदफा (१) मा ‘प्रहरी कर्मचारीले सेवा अवधिभरमा राजपत्राकिंत श्रेणीको प्रहरीले अधिकृत भए १२ महिना बराबरको, राजपत्र अनंकित प्रथम श्रेणीको भए १८ महिना र अन्य राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारी भए २१ महिना बराबरको खाइपाइ आएको तलब रकमसम्म उपचार खर्च पाउनेछन्’, उल्लेख छ ।

यस्तै संसदमा पेस हुन लागिएको विधेयकमा समेत औषधि उपचार वापतको उक्त सुविधालाई यथावत राखिएको छ । प्रस्तावित ऐनको दफा ५२ मा औषधि उपचार वापतको सुविधा उल्लेख गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार