एक हवल्दारसहित १५ जना प्रहरी कर्मचारी दुई महिनादेखि सम्पर्कविहीन

काठमाडौं : नेपाल प्रहरीका एक हवल्दारसहित १५ जना प्रहरी कर्मचारी दुई महिनादेखि सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले मंसिरदेखि सम्पर्कविहीन रहेका १५ जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अनुरोध गरेर बिहीबार सूचना जारी गरेको हो ।

उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको चेतावनी छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार