धनगढीका मेयर हमालले भने– मेरो अपमान भयो

Call24News

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो अपमान भएको बताएका छन् । उपमहानगरलाई डुबानबाट जोगाउन नाली निर्माण योजनाको शिलान्यास कार्यक्रममा बोल्दै मेयर हमालले यस्तो बताएका हुन् ।

‘म आज यो कार्यक्रममा अपमानित भए आएको छु,’ उनले भने, ‘त्यहाँ त शिलान्यास हुँदैछ भनेर मलाई धेरै जनताको फोन आएको थियो । मैले आफूलाई थाहा नपाएको बताए । किनभने मलाई कुनै जानकारी थिएन । उहाँहरुले पुस १७ गते एउटा पत्र पठाउनु भएको थियो । धनगढी उपमहानगरपालिका भनेर कार्यालयलाई पत्र पठाउनुभएको थियो । पत्रमा आवश्यक सहजीकरण गरिदिन आग्रह गरिएको थियो । त्यो आवश्यक सहजीकरण इन्जिनियर सापहरुले गरे होलान । बाँकी कुरा केही पनि जानकारी छैन । त्यसकारण म आज वडा नम्बर ४ को बासिन्दा भएर आएको हुँ ।’

khadya

मयेर हमालले धनगढी उपमहानगरपालिका–२ का वडाध्यक्ष धर्मराज ओझा र ३ का वडा अध्यक्ष राजबहादुर ऐरको अनुरोधमा मात्रै कार्यक्रममा उपस्थित भएको बताए ।

बुधबार मोहनापुर–अत्तरिया जोड्ने छ लेन सडकको सर्भीस लेनमा नाली निर्माण योजनाको शिलान्यस गरिएको हो । सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उक्त योजनाको शिलान्यस गरेका हुन् । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका अनुसार साढे १३ करोडमा ढल निर्माणका लागि दुई प्याकेजमा सम्झौता भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार