धनगढीमा आरम्भ ल फेस्ट सिजन २ आजदेखि सुरु

Call24News

धनगढी : धनगढीमा आरम्भ ल फेस्ट सिजन २ आजदेखि सुरु भएको छ। आगामी चार दिनसम्म सञ्चालन हुने ल फेस्ट कैलाली बहुमुखी क्याम्पसको सभा हलमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।

आरम्भ इन्स्टिच्युट अफ ल को आयोजनामा गत वर्षदेखि सुरु भएको आरम्भ ल फेष्टको यो दोस्रो सिजन हो। यसमा कानुनी हाजिर जवाफ , वादविवाद प्रतियोगिता, सिर्जनशील लेखन प्रतियोगिता, कानुनी मस्यौदा लेखन प्रतियोगिता, नमुना संसद अभ्यास प्रतियोगिता,आरम्भ लिगल इन्टरक्सन जस्ता कार्यहरुका साथ फेष्ट सञ्चालन गरिएको कार्यक्रम संयोजक तथा आरम्भ ल इन्स्टिच्युटका सञ्चालक ओम प्रकाश बस्तीले जानकारी दिए।

khadya

कानुन पढ्ने विद्यार्थीको क्षमता अभिवृद्धि गर्न  र व्यवहारिक सीपको विकास गर्नको लागि यी प्रतियोगिताहरू गरिएको र यी प्रतियोगिताले विद्यार्थीहरूमा थप बौद्धिक क्षमताको विकास गर्नेमा आफू विश्वस्त रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न सबैको साथ सहयोग रहने मा पनि आशावादी रहेको उनले बताए।

७ ओटा कलेजको सहभागीता रहेको कार्यक्रमको उद्घाटन समारोहको अध्यक्षता कार्यक्रमको संयोजक ओम प्रकाश बस्तीले गरेका थिए भने प्रमुख आतिथ्तामा  सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्की रहेका थिए ।

यस्तै उद्घाटन समारोहमा मानव अधिकार आयोगका प्रमुख तथा नेपाल सरकारका सहसचिव प्रकाश भट्ट,  कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोयराज भट्ट, कैलाली जिल्ला वार एसोसिएसनका अध्यक्ष इन्द्र प्रसाद लेखक , कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति यमराज जोशी ,‌सचिव सन्तोष पन्त लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रमको संयोजक बस्तीले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार