कैलाली कञ्चनपुरबाट अवैध रूपमा भारतबाट भित्र्याइएका सामान बरामद

Call24News

धनगढी : प्रहरीले कैलाली कञ्चनपुरबाट अवैध रूपमा भारतबाट भित्र्याइएका सामान बरामद गरेको छ । मंगलबार प्रहरीले कैलालीको धनगढी, टीकापुर, कैलारी र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट अवैध सामान बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिका – १९ खेदाघाट, टीकापुर नगरपालिका – ९ बालुवाटार र कैलारी गाउँपालिका – ५ मनिकापुर जङ्गलबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका १ लाख ६५ हजार ९५० रुपैयाँ बराबरको बिडी, सुर्ती, बदाम, सुपारी, सिद्रा माछा लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

khadya

यस्तै भीमदत्त नगरपालिका – १० सुकासालबाट ७४ हजार ४ सय रुपैयाँ बराबरको चिनी, खाने तेल, चकलेट, बिँडी, सुर्ती लगायतका सामानहरू बरामद गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार