सामाजिक अभियन्ता तामाङमाथि अनुसन्धान गर्न थप पाँच दिनको समय

काठमाडौं : सामाजिक अभियन्ता आशिका तामाङमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ । यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरिएकी आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो । पहिलोपटकको म्याद सोमबार (हिजो )  सकिएको थियो । प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।

सोमबार प्रशासनले पुनः पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । आशिकाविरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान गरिरहेको छ । आशिकाविरुद्ध प्रहरी वृत्त गौशालाको टोलीले अनुसन्धान गरिरहेको छ । गएको पुस २६ गते पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको उनीविरुद्ध आरोप छ ।

Seti Hospital

अभद्र व्यवहारको कसुर प्रमाणित भए जिल्ला प्रशासन कार्यालयले आशिकालाई १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार