अछाममा हजारभन्दा बढी एमालेका नेता कार्यकर्ता रावलको पक्षमा रहेको दाबि

धनगढी : नेकपा एमालेको कारबाहीमा परेका डाक्टर भीम रावलको मातृभुमि जागरण अभियानमा एमाले अछामका १ हजार बढी कार्यकर्ताले साथ दिएको दाबि गरिएको छ । एमालेका पुर्वउपाध्यक्ष समेत रहेका रावलको उक्त अभियानमा एमाले अछामका १ हजार ८१ सहित १ हजार ८६ नेता कार्यकर्ताले साथ दिने दाबि गरिएको हो ।

रावल पक्षले दाबी गरेअनुसार उनको समर्थनमा अछामबाट प्रतिनिधित्व गर्दै एमाले प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका ७, केन्द्रीय विभागका २, जिल्ला कमिटी सचिवालय सदस्य ५ जना नेता कार्यकर्ता रावलको पक्षमा उभिएका छन् ।

khadya

त्यसैगरी प्रवास केन्द्रीय प्रतिनिधि परिषद् १, जिल्ला कमिटी सदस्य १७, पूर्वजिल्ला कमिटी सदस्य ३, जिल्ला सल्लाहकार सदस्य १३ र नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना रहेका छन् ।

अनेम संघ कार्यवाहक अध्यक्ष १, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी ८, वडा कमिटी अध्यक्ष तथा पदाधिकारी २२ र जिल्लाका संगठित सदस्यहरू ६३७ जना रावलको समर्थनमा उभिएको उक्त पक्षको दाबि छ । एमालेबाहेक अन्य पार्टीबाट ५ जनासहित एक हजार ८६ जना रावललाई समर्थन गर्न पुगेका छन् । रावललाई नेकपा एमालेले गत पुस १० गते पार्टीको सदस्यता समेत नरहनेगरी निष्कासनको घोषणा गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार