गाउँमा राम्रो काम गर्दा ३० वर्ष देखि निरन्तर नेतृत्व गर्दै धनगढीका सरोज

Call24News

धनगढी : थारू गाउँमा भलमनसाको पदावधि एक वर्षको रहने गरेको छ तर गाउँवासीको मन जित्ने गरी काम गर्दै आएका कारण कैलालीका एक भलमनसाले गाउँको नेतृत्व गरेको ३० वर्ष पुगेको छ ।

धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँका सरोज चौधरीले तिस वर्षदेखि गाउँको नेतृत्व गर्दै आउनुभएको हो । गाउँवासीले यस वर्ष फेरि चौधरीलाई सर्वसम्मतले भलमनसाको जिम्मेवारी दिएका छन् । गाउँको भुराखेलले उनलाई ३० औँ पटक भलमनसा बनाएको स्थानीय सूर्य चौधरीले जानकारी दिए । 

SHIKHAR COOL TECH

“उहाँ (भलमनसा) ले विगतदेखि नै गाउँमा राम्रो काम गर्दै आउनुभएको छ,” उनले भने, “उहाँले गाउँको नेतृत्व गर्ने कार्यमा हामी सबैको चित्त बुझेकाले हरेक वर्ष उहाँलाई नै सर्वसम्मतले भलमनसा चुन्दै आएका छौँ ।”

भलमनसाले विकास निर्माणदेखि भोजभतेरमा नेतृत्व गर्ने, गाउँमा मेलमिलाप गराउने, विकास निर्माणको काम बाँडफाँट गर्ने र त्यस कार्यमा जनतालाई खटाउने लगायतका कार्य गर्दै आएका छन् । 

थारू समुदायमा भलमनसाले गरेको कामकारबाही चित्त नबुझेमा एक वर्षमै अर्को भलमनसा चयन गर्न सक्ने अधिकार गाउँवासीमा निहित रहने गर्दछ तर चौधरीले आफ्नोे गाउँवासीको चित्त बुझ्ने गरी काम गर्दै आएकाले उहाँलाई हरेक वर्ष यो जिम्मेवारी दिइँदै आएको छ ।  

उहाँ २०५२ सालदेखि निरन्तर रूपमा भलमनसाको जिम्मेवारीमा रहँदै आउनुभएको छ । गाउँ समाजमा आफूले निःस्वार्थ रूपमा बिनापारिश्रमिक सेवा गर्दै आएको भलमनसा चौधरीले बताए ।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार