कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

Call24News

धनगढी : कैलाली र कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । आइतबार कैलालीको धनगढी, जोशीपुर र कञ्चनपुरको बेलौरीबाट प्रहरीले अवैध सामान बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिका – १ बसन्त टोल र जोशीपुर गाउँपालिका – १ पिपरकोटीबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका २ लाख १२ हजार २ सय बराबरको चिनी, बदाम, शेरमुनि, कुर्ता, सुर्ती, सिद्रा माछा लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Seti Hospital

यस्तै आइतबार साँझ बेलौरी नगरपालिका – ६ नकैयाबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका ४० हजार ३९० रुपैयाँ बराबरको चिनी, युरिया मल, सुर्ती, कुरकुरे लगायतका सामानहरू  बरामद गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार