अत्तरिया : ट्राफिक प्रहरीले कुहिरो हुस्सुका कारण हुने दुर्घटना रोक्न रिफेक्लेटिभ स्टिकर सुरु गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले कुहिरो हुस्सुका कारण भिजिबिलिटी कम भएको समयमा हुने दुर्घटना रोक्न पूर्व पश्चिम राजमार्ग अन्तरगत महेन्द्रनगर–अत्तरिया सडक खण्डमा रिफेक्लेटिभ स्टिकर टाँस्न थालेको हो ।
प्रहरीले सडक किनाराका रोड डेलाइनेटर, कल्भर्टमा लगायत सडक किनारामा जडान गरीका होडिङ बोर्डहरूमा रिफेक्लेटिभ स्टिकर टाँस्न थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्