कैलालीको अत्तरियामा महोत्सव लगाउन व्यवसायीहरुले नेतृत्वसँग दबाब बढाउन

Call24News

धनगढीः कैलालीको अत्तरियामा महोत्सव लगाउन व्यवसायीहरुले नेतृत्वसँग दबाब बढाउन थालेका छन्।

आर्थिक गतिविधि सुस्त देखिएका बेला गरीखाने साना व्यवसायीहरुले महोत्सव लगाउन नेतृत्वलाई दबाब दिन थालेका हुन्। अत्तरिया उद्योग वाणिज्य संघले गत वर्षहरुजस्तै यस वर्ष पनि महोत्सव लगाएर यहाँको व्यापार व्यवसाय चलायमान बनाउन भूमिका खेल्नुपर्ने साना व्यापारीहरुको माग छ। राजनीतिक स्वार्थमा लागेर महोत्सवलाई स्थगित गर्न नहुने स्थानीय विनोदराज जोशीले बताए।

Seti Hospital

अत्तरिया क्षेत्रको व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सव सहयोगीसावित हुनेमा केही व्यक्ति विशेष र रानीतिक आग्रह–पूर्वाग्रह राखेर निजी क्षेत्रको व्यवसायीक पर्व महोत्वसलाई तुहाउने खेल गर्न नहुँने उनको सुझाव छ। साथै उद्योग वाणिज्य संघबाट राजीनामा दिएर बाहिर निस्केकाहरुले महोत्सव लगाउने विषयमा विरोध गर्ने अधिकार नभएको समेत कतिपयको तर्क छ। यसैबिच अत्तरिया उद्योग वाणिज्य संघले ६ जना सदस्यलाई कार्यसमितिमा मनोनीत समेत गरेको छ।

अध्यक्ष कल्याणसिंह बोहराले ६ जना सदस्य कार्यसमितिमा मनोनीत गरेका हुन्। सदस्यमा मनोनीत हुनेमा भवानीदत्त भट्ट, दिर्घराज भट्ट, सूर्यप्रसाद गौतम, इन्द्रप्रसाद गौतम, छत्र विश्वकर्मा र जानकी जेठारा रहेका छन्। पौष २८ गते मनोनीत गरिएका उनीहरूको २९ गते शपथ ग्रहण गरिएको हो। मनोनीत भएका सदस्यहरूलाई अध्यक्ष बोहराले नै शपथ ग्रहण गराएका हुन्। जतिसक्दो चाडो अत्तरियामा विगतका वर्षहरु झै यस वर्ष पनि महोत्सवको आयोजना गर्न व्यवसायीहरुले सुझाउ दिँदै आएको अध्यक्ष बोहराले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार