धनगढीमा खुल्यो ‘पोटली फुड्स’

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ‘पोटली फुड्स’ सञ्चालनमा आएको छ । सुदूरपश्चिमका स्थानीय परिकारलाई आधुनिक शैलीमा पस्कनका लागि डेढ करोड बढीको लगानीमा मंगलबारदेखि पोटली फुड्स सञ्चालनमा ल्याइएको हो । 

कोदो, मकै, फापर लगायतका परम्परागत परिकारलाई विशेष प्राथमिकतामा राखेर सेवा दिन पोटली खोलिएको व्यवस्थापक माधव रोस्याराले जानकारी दिएका छन् । 

khadya

‘आधुनिक जीवनशैलीसँग मेल खाने गरी सुदूरपश्चिमको मौलिक खानालाई पुनर्जीवित गर्ने उद्देश्यले पोटली फुड्सले आफ्नो सेवा सुरु गरेको हो,’ उनले भने, ‘पोटलीले रैथाने परिकारलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने छ । ’ 

उनका अनुसार सुदूरपश्चिमको मौलिक स्वादलाई विश्वस्तरीय बनाउने तथा स्थानीय उत्पादन र संस्कृतिको जगेर्ना गर्न पनि पोटलीले योगदान पु¥याउने विश्वास गरिएको छ । पोटलीमा खाना, नास्ता, चिया, कफीसंगै बार र लाउन्ज पनि रहेको बताइएको छ । 

सुदूरपश्चिमका सांस्कृतिक र भाषिक पहिचानलाई झल्काउन ‘पोटली’ नाम राखिएकोमा उक्त शब्द खाना र खाजा लागि प्रयोग गरिन्छ । कसले लेख्यो प्रहरीको बोर्ड ह्याक गरेर ‘आइ लाभ यु चित्रा’ ? 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार