कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी–२ रामजानकी मन्दिर नजिक, कालिका मन्दिर नजिक, धनगढी–१० गणपती इटाभट्टा नजिक, धनगढी–१९ लल्लीपुर र गोदावरी–४ वनदेबीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ६२ हजार बराबरको सामान बरामद गरिएको हो।

चिनी, बदाम, बिडी, सुर्ती, बच्चाको कपडा, सल, हाईनेक, टाउजर, उलन सर्ट, स्विटर, रेलिङ पिल्लर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार