माघलाई नयाँ वर्षको रूपमा लिइने थारू समुदायमा माघ÷माघी पर्वको रौनक सुरु


धनगढी : कैलालीका थारू बस्तीमा माघ÷माघी पर्वको रौनक सुरु भएको छ। माघलाई नयाँ वर्षको रूपमा लिइने थारू समुदायमा पर्वको तयारी थालिएको हो।

बङ्गुरको मासुको जोहो गर्नेदेखि लिएर गाउँका प्रमुख तथा नेतृत्व चयन र माघी देवानी तथा भुरा खेलबारे समेत छलफल सुरु भएका छन्। पुस महिनाको अन्तिम दिन हरेक थारू बस्तीमा सामूहिक सुँगुर÷बङ्गुरको जिटा (मासु )काटिने प्रचलन रहँदै आएको छ। माघीमा विशेष रूपमा खाने ढिक्रीको लागि चामलको पिठो पिसाउने, दुना टपरी गाँस्ने कार्य पनि चिलरहेको छ।

पर्वसँगै थारू समुदायमा बस्तीका प्रमुखका रूपमा रहने बरघर, भलमनसा, चिराकी, चौकीदारलगायत प्रतिनिधिहरू फेरबदल गर्ने कि, पुरानालाई नै अनुमोदन गर्ने भन्नेबारे प्रारम्भिक बहस पनि पुस महिनादेखि नै सुरु भएको छ। नेतृत्व चयनको लागि हुने माघी देवानी तथा भुरा खेल कार्यक्रममा गएको वर्षको समीक्षा गरिनुको साथै आउँदो वर्षको लागि कार्ययोजना निर्माण गरिन्छ।

गाउँघरमा आगो ताप्दै सामूहिक रूपमा डफ गाइने ढमार गीतले पनि माघी पर्वको रौनक सुरु गरेको छ। जोशीपुरका स्थानीय समेत रहेका पत्रकार सुधराम दहितले आजभोलि गाउँ–गाउँमा डफ, मादल बजाएर सामूहिक रूपमा ढमार गीत गाउँदा माघी पर्वको उल्लास बढ्दै गएको बताए। उनले जोशीपुर गाउँपालिका–२ बरगदही गाउँको मुंग्रहुवा नाच टोलीले बुधवार राति गाउँमा ढमार गाउँदा गाउँमा उल्लास र माघको उत्साह जगाएको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार