अटो रिक्सामा मोटरसाइकल ठोक्किदा ३ जना घाइते

धनगढी : कैलालीको चिसापानीमा रोकिएको अटो रिक्सामा मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन्। सोमबार साँझ साढे ८ बजेको समयमा लम्कीचुहा नगरपालिका–३ को चिसापानी नजिकै गोरुङगेमा रोकिएको सुदूरपश्चिम प्रदेश ०१००१ ह ४४६६ अटोमा सुपप्र ०१०१० प २५९५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

ठक्करबाट अटो चालक लम्कीचुुहा नगरपालिका–१ बस्ने २५ वर्षीय कमल न्यौपाने, मोटरसाइकल चालक कालीकोटको त्रिवेणी गाउँपालिका–३ बस्ने २५ वर्षीय मदनराज देवकोटा र पछाडी सवार जाजरकोटको बारेकोट गाउँपालिका–३ बस्ने ३९ वर्षीय चन्द्रबिक्रम शाही घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार