सुरक्षाका लागि लगाएको ब्यारियल हटाउन भन्सार कार्यालयको माग

धनगढी : कैलाली भन्सार कार्यालयले सुरक्षाका लागि लगाएको ब्यारियल हटाउन माग गरिएको छ । आइतबार बेलौरी घर भएका सामाजिक अभियान्ता धर्मेन्द्र गिरी लगायतको टोलीले अनागरिक बनाएको र तत्काल समस्या समाधानको माग राख्दै कैलाली भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका बताएका छन्।

कञ्चनपुरको चार पालिका पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडीका नागरिकलाई सबैभन्दा बढी समस्या भएको सामाजिक अभियान्ता गिरीले बताए।

कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तेजबहादुर रावलले नयाँ भवन बनिसकेकाले छिट्टै सीमा नजिक ब्यारियल सारिने दाबी गरेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कैलाली र कञ्चनपुरको संयुक्त भुगोल भन्सार कार्यालय र दशगजाको बिचमा भएका कारण समस्या आएको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार