धनगढी: कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शय्या थप्ने काम अघि बढेको छ। धनगढी–३ स्थित नेपाली सेनाको होल्डिङ सेन्टरमा रहेका शय्या विश्वविद्यालय परिसरमा सार्न थालिएको हो।
विश्वविद्यालयका अनुसार होल्डिङ सेन्टरबाट कुल ५ सय शय्या गेटा सारिनेछ। त्यसका लागि धनगढी उपमहानगरपालिकाले १० वटा टिपर उपलब्ध गराएको छ।
एक टिपरमा १७ वटा शय्या राखेर ढुवानी गर्ने व्यवस्था गरिएको छ। यसअनुसार एकै दिन १७० वटासम्म शय्या विश्वविद्यालयमा पुर्याउन सकिने जनाइएको छ।
होल्डिङ सेन्टरबाट शय्या ल्याउने काम पूरा भएपछि विश्वविद्यालयमा उपलब्ध शय्याको संख्या ८ सयभन्दा बढी पुग्नेछ। शय्या थपिएसँगै विश्वविद्यालयमा स्वास्थ्य सेवा सञ्चालन तथा विस्तारका लागि आवश्यक पूर्वाधार व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्