शिक्षा मन्त्रालयको दावी : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटी भएको छैन

काठमाडौं : शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटी नभएको स्पष्ट पारेको छ । सिंहदरबारमा मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नजितामा त्रुटी र लापरवाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका हुन् ।

उनले शिक्षकहरुलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढेको र छिटो नजिता प्रकाशन गर्न सफल भएको उल्लेख गरे । उनले नजिता प्रकाशनका बिषयमा मन्त्रालयले अध्ययन गर्दा समेत कुनै त्रुटी फेला नपरेको र इमानदारीपूर्वक, कपी परीक्षण भएको जानकारी दिए । त्यस्तै सचिव पौडेलले विश्वविद्यालयको नियुक्ति प्रक्रियासम्बन्धी विश्वविद्यालयको ऐनका भएको व्यवस्था अनुसार नै रहेको बताए । खुला विश्वविद्यालयको स्थायी शिक्षकको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए ।

सचिव पौडेलले नेपालका विभिन्न विश्वविद्यालयहरूमा अहिले करिव १४ सय विदेशी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिदै विद्यार्थी भिसालाई सहजीकरण गर्ने बिषयमा गृह मन्त्रालयसंग छलफल अघि बढाइएको धारणा राखे । चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउनका लागि नीतिगत निर्णय गर्ने तयारीमा सरकार अघि बढिरहेको उनको भनाइ छ ।

उनले स्वदेशमा अध्ययनपछि रोजगारीको पर्याप्त व्यवस्था हुन नसक्दा नेपाली विद्यार्थीहरु अन्य देशमा अध्ययनका लागि जाने गरेको देखिएको बताए । स्वदेशमा नै रोजगारीको पर्याप्त अवसरका लागि सबैको सामूहिक प्रयास भए विद्यार्थीहरुलाई स्वदेशमा नै रोक्न सकिने आफूहरुको विश्वास रहेको उनले उल्लेख गरे । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार