शतप्रतिशत नतिजासहित बाल्मिकी इन्टरनेशनल स्कूलको ऐतिहासिक सफलता

धनगढी । अनुशासन, निरन्तर मेहनत र समर्पणको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बाल्मिकी इन्टरनेशनल स्कूलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा हासिल गरेको छ।

विद्यालयका अनुसार यस वर्ष सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन्, जसले विद्यालयको शैक्षिक गुणस्तरलाई थप सुदृढ बनाएको छ। नतिजाअनुसार १० जना विद्यार्थीले ३.६ देखि ४.० GPA प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् भने ५ जनाले ३.२ देखि ३.६ GPA ल्याएका छन्।

विद्यालय प्रशासनले यस उपलब्धिलाई विद्यार्थीहरूको कडा मेहनत, अभिभावकहरूको निरन्तर सहयोग तथा शिक्षक–कर्मचारीको समर्पणको प्रतिफलका रूपमा लिएको छ। “यो सफलता एकैचोटि सम्भव भएको होइन, वर्षौंको प्रयास र सहकार्यले सम्भव भएको हो,” विद्यालय स्रोतले जनाएको छ।

उक्त नतिजापछि विद्यालय परिवारमा खुसीयाली छाएको छ भने आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विश्वास समेत व्यक्त गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार