अत्तरिया जेसिजद्वारा गोदावरी आर्यघाट सरसफाइ

धनगढी । युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले अत्तरिया जेसिजको आयोजनामा गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ ।

वातावरण संरक्षण र स्वच्छता प्रवर्द्धनसँगै युवामा नेतृत्व विकास तथा व्यक्तित्व निखार्ने उद्देश्यले आर्यघाट क्षेत्रमा सरसफाइ गरिएको हाे ।

सरसफाइमा अत्तरिया जेसिजका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । सरसफाइ अभियानमार्फत आर्यघाट क्षेत्रको फोहोर व्यवस्थापन गरी “स्वच्छ वातावरण, स्वस्थ जीवन” भन्ने सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ ।

अत्तरिया जेसिजका स्वास्थ्य संयोजक जेसी ज्ञानेन्द्र खड्काले जेसिजले युवालाई नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउने महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

उनका अनुसार “जेसिज युवाहरूलाई केवल कार्यक्रममै सीमित नराखी समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा दिने सशक्त माध्यम हो। यस्ता गतिविधिहरूले युवालाई जिम्मेवार, सक्षम र समाजप्रति उत्तरदायी बनाउँछ।”

उनले आगामी दिनहरूमा पनि वातावरण संरक्षण, स्वास्थ्य सचेतना तथा सामाजिक रूपान्तरणका कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिए ।

अत्तरिया जेसिजले पछिल्लो समय समाजमा सकारात्मक प्रभाव पार्ने विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ, जसले युवामा जागरण ल्याउनुका साथै समुदायमा सकारात्मक ऊर्जा प्रवाह गर्न टेवा पुर्‍याउँदै आएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार