सशस्त्र प्रहरी बल (एपीएफ) नेपालकको गोली लागेर सिटी सफारी चालकको मृत्यु भएपछि सुनसरी तनावग्रस्त बनेको छ ।
गएराति गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । घटनापछि आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन शुरू गरेका छन् ।
बिहीबार बिहान करिब १ बजे कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर साहको मृत्यु भएको थियो ।
प्रहरीको गोलीबाट साहको मृत्यु भएपछि बिहानैदेखि स्थानीयले लौकही क्षेत्रमा सडक अवरुद्ध पारेका छन् ।
प्रदर्शनकारीहरूले मृतकको शव राजमार्गमै राखेर सशस्त्र प्रहरीको विरोधमा नाराबाजी गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार राजमार्ग अवरुद्ध हुँदा सयौंको संख्यामा सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् ।
जबाफी कारबाहीमा साहको मृत्यु भएको डीएसपी खड्काले बताए ।





प्रतिक्रिया दिनुहोस्