धनगढीस्थित आर्जु राणाको घरमा जेन्जीले लगाए  आगो

धनगढी : धनगढीस्थित परराष्ट मन्त्री आर्जु राणाको घरमा आगो लगाइएको छ।

जेन्जी युवाहरूले मङ्गलवार राणाको घरमा आगो लगाएका हुन्। धनगढी–४ उत्तरबेहडीमा रहेको राणाको घरमा आक्रोशित युवाहरूले आगो लगाएका हुन्। युवाहरूले धनगढीमा शेरबहादुर देउवा, आर्जु राणा, प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड विरुद्ध नाराबाजी गरेका छन्।

युवाहरूले सरकारले आन्दोलनमा चरम दमन गरेको भन्दै उग्र नारा लगाएका छन्। युवाहरूले धनगढीस्थिति मुख्यमन्त्री कार्यालयमा पनि तोडफोड गर्ने प्रयास गरेका थिए। भ्रष्टाचार विरुद्ध आन्दोलन गर्दा सरकारले गोली दागेको भन्दै सरकार विरुद्ध चर्को नाराबाजि गरेका छन्। यो समाचार तयार गर्दासम्म आर्जु राणाको घरमा लगाइएको आगो नियन्त्रणमा आएको छैन।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार