सुदुरपश्चिम प्रदेशका सामुदायिक वनबाट १६ लाख २० हजार क्युफिट बढी काठ संकलन, २१ हजार क्विन्टल जडिबुटी निकासी

भक्तराज जोशी

धनगढीः सुदुरपश्चिम प्रदेशका सामुदायिक वनबाट १६ लाख २० हजार तीन सय क्युफिट काठ निकालिएको छ। गत आर्थिक वर्ष २०८२८३ मा उक्त परिमाणमा वनबाट काठ निकालिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालले जनाएको छ।   
मन्त्रालयका अनुसार दुई हजार २५८ चट्टा दाउरा समेत निकालिएको छ। निकालिएको काठ मध्ये ३९ हजार ४८४ क्युफिट आपुर्ति समितिबाट वितरण गरिएको छ। मन्त्रालयले ४३० घरधुरीले दाउरा प्राप्त गरेको जनाएको छ। 


यसैगरी, गत आर्थिक वर्षमा २१ हजार तीन सय २२  क्विन्टल जडिबुटी निकासी गरिएको छ। ४० लाख ४० हजार ८०५ किलो खोटो समेत निकासि गरिएको छ। यसबाट २४ करोड एक लाख ७४ हजार ६८२ रुपैया  राजस्व आम्दानी भएको छ।

 
प्रदेशको ३५ हेक्टर वन क्षेत्रमा जडिबुटी खेती गरिएको छ। सात हेक्टर धार्मीक वनका लागि हस्तानतरण गरिएको छ। १७ हेक्टर अतिक्रमित वन खाली गरिनुका साथै १२२ हेक्टर वनमा १४ लाख ४७ हजार ३५० वटा वृक्षारोपण गरिएको मन्त्रालले जनाएको छ।         
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार