धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले आफू र पार्टीका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई जोडेर सार्वजनिक भइरहेका कुराहरु भ्रामक भएको बताएका छन् ।
प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिट ब्युरो सदस्य समेत रहेका रावलले शुक्रबार एक वक्तव्य जारी गर्दै भट्टको कठालो समातेर दुर्व्यवहार गरेको भन्दै सार्वजनिक भएका कुरा भ्रामक र कपोकल्पीत भएको दाबी गरेका छन् । उनले पार्टी सचिव भट्टप्रती व्यक्तिगत रुपमा श्रद्धा र सम्मान रहेको बताउँदै सिङ्गो पार्टी पंक्तिलाई बदनामित गर्नेगरि भइरहेका क्रियाकलापप्रती खेट व्यक्त गरेका छन् ।
‘क. लेखराज भट्टप्रती मेरो व्यक्तिगत रुपमा श्रद्धा र सम्मान छ । उहाँको कठालो समात्नु त परैको कुरा हो । दुर्व्यवहार समेतको परिकल्पना गर्न सकिदैन्,’ रावलले सार्वजनिक गरेको वक्तव्यमा उल्लेख गरेका छन्, ‘त्यसैले एकतर्फी र नाटकीय ढंगले कथा बुनेर सिंगो पार्टीलाई बदनाम गर्ने खालका गतिविधी तत्काल बन्द गर्न आग्रह गर्दछु ।’
यस्तै, प्रदेश सरकारमा पार्टीको तर्फबाट गरिएका राजनीतिक नियुक्तिका लागि गरिएका सिफारिस पार्टी नेतृत्वको निर्देशन र संसदीय दलको बैठकबाट सर्वसम्मत ढंगले निर्णय गरेर सिफारिस गरिएको पनि रावलले बताएका छन् ।

प्रतिक्रिया दनुहोस्