धनगढीको ऐश्वर्यमा पुनः अनेरास्ववियु नै जित्ने दाबी

धनगढी : धनगढीको ऐश्वर्य बहुमुुखी क्याम्पसको ५ चैतमा हुने स्ववियु निर्वाचनमा तीन वटा विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ), एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा हुने भएको छ।

यद्यपि एमाले निकट अनेरास्ववियुले आफ्नै उम्मेदवारले जित्ने दाबी गरेको छ। नेविसंघले अध्यक्षमा दिपक भट्टलाई उम्मेदवार बनाएको छ भने अनेरास्ववियुले दिपेन्द्र भट्ट(दिपेन) लाई अध्यक्षको उम्मेदवार बनाएको छ। अखिल क्रान्तिकारीले भने विकास भट्टलाई उम्मेदवार बनाएको छ।

khadya

अनेरास्ववियुका भट्टसँग स्ववियुको सचिव भएर काम गरेको अनुभव छ भने उनको नेतृत्वमा बलियो प्यानल खडा गरेका कारण फेरि योपटक पनि अनेरास्ववियुुले नै बाजी मार्ने चर्चा हुन थालेको छ।

भट्टको प्यानलमा उपाध्यक्षमा उमेश बम, सचिवमा प्रदीप खड्का, सहसचिवमा खगेन्द्र बुढा र कोषाध्यक्षमा जुनु चौधरी उम्मेदवार छन्। क्षेत्र र भूगोलको सन्तुलन मिलाएर उम्मेदवार बनाएका कारण पनि अनेरास्ववियुले प्यानलसहित जित निकाल्ने दाबी गरेको हो।

अध्यक्षका उम्मेदवार भट्ट लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन्। अनेरास्ववियुका प्रदेश कमिटी सदस्य समेत रहेका भट्ट विद्यार्थीहरूको हकहितमा काम गर्ने नेताको अग्र पंक्तिमा पर्छन्।

सोही कारण भट्टले स्ववियुमा आफ्नो उम्मेदवारी बलियो रहेको दाबी गरेका छन्। “हाम्रो जित सुनिश्चित छ। विद्यार्थीका हक, अधिकार र सुविधाका लागि विगत लामो समयदेखि संघर्ष गर्दै आएका छौँ, भट्टले भने, “विद्यार्थीको माया र समर्थन प्राप्त भएको छ, जसले हामीलाई जित दिलाउनेछ।” ऐश्वर्य क्याम्पसमा यसअघि पनि अनेरास्ववियुुले स्ववियु चुनाव जितेको थियो। अनेरास्ववियुका कुबेर खड्का अध्यक्ष थिए। अनेरास्ववियुको बलियो बिरासत पनि जितको अर्को आधार भएको दाबी गरिएको छ।

यस्ता छन् चुनावी एजेन्डा र विद्यार्थीका माग

१. शैक्षिक गुणस्तर सुधार – नियमित कक्षा सञ्चालन, पाठ्यक्रम सुधार, पुस्तकालय तथा प्रयोगशालाको स्तरोन्नति
२. विद्यार्थी सुविधाहरूको विस्तार – छात्रवृत्ति, यातायात सुविधा, छात्रावासको व्यवस्था
३. विद्यार्थी अधिकार तथा कल्याण
पारदर्शी परीक्षा प्रणालीका लागि पहल
विद्यार्थीका समस्याहरू तत्काल समाधान गर्न हेल्प डेस्क स्थापना
महिला विद्यार्थीहरूको सुरक्षाका लागि विशेष पहल
४. खेलकुद तथा अतिरिक्त क्रियाकलाप
वार्षिक खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको आयोजना
विद्यार्थीका प्रतिभा प्रष्फुटन गराउने अवसरहरू सिर्जना
क्याम्पस स्तरमा क्लबहरू निर्माण गरी गतिविधिहरू सञ्चालन
५. रोजगारी र व्यवसायिक क्षमता विकास
इन्टर्नसिप तथा तालिम कार्यक्रम सञ्चालन
क्याम्पस–उद्योग सम्बन्ध मजबुत गरी रोजगारीका अवसरहरू सिर्जना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार