बैतडीको बनारसीधाममा चैत १७ गतेदेखि कोटीहोम हुने

बैतडी : बैतडीको बनारसीधाममा आगामी चैत १७ गतेदेखि कोटीहोम हुने भएको छ। बनारसीधाममा सहस्त्रचण्डी कोटीहोम १०८ श्रीमद्भागवत महापुराण अतिरुद्राभिषेक तयारी सुरु भएको हो।

बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर पाटन नगरपालिका–३ मा पर्छ। उक्त कोटीहोममा बनारसीधाम विश्वनाथ परिसर सरयु गोमतीको संगम क्षेत्रमा सहस्त्रचण्डी कोटीहोम १०८ श्रीमद्भागवत महापुराण, १ हजार १ सय ११ कन्या पूजन, सवा पाँच कोटी दीप प्रज्वलन, ५ सय ५५ ब्राह्मण भोजन गराइनेछ।

khadya

त्यस्तै, ५ हजार ५ सय ५५ शालीग्रामसिला पुजन, ४ हजार ४ सय ४४ कलश पुजन, १०८ अखण्ड रामायण पाठपारायण, गायत्रीमहामृत्युञ्जय पुरश्चरण, आत्ममहापुराण, बिष्णुधर्मोत्तरपुराण वाशुकीपुराण, वाराहिसंहिता, १०८ उपनिषद्, चारवेद मृदंगपाठ प्रत्येक दिन सवालाख दीप प्रज्वलनगरी आरती गरिने तयारी रहेको छ। गंगा संगममा चारपल्ट महाआरती गरिने भएको छ। साथै विविध पाठपारायणको आयोजना गरिने तयारी छ।

अतिरुद्राभिषेक, शतपतब्राह्मण पाठपारायण, शिवपञ्चाक्षरी मन्त्र सवालाखजप, वैदिक नवग्रहमन्त्र सवालाखजप, वास्तुमन्त्र सवालाखजप, पञ्चायन देवता सम्बद्ध बैदिकमन्त्रको सवा लाखजप, पाञ्चायन देवतासम्वद्ध अथर्वशिर्षपाठ गराइनेछ। यसका साथै पदमपुराण, मानसखण्ड, हिमवत्खण्ड, नेपालमहातम्य, महाकालसंहिता पाठपरायण लगायत विविध कार्यक्रमको वैदिक पद्धति अनुसार गरिने पञ्चाङ्गकार ज्योतिषाचार्य गणेश पन्तले बताए।

पन्तका अनुसार आर्थिक अवस्था हेरी उपयुक्त हुने धार्मिक अनुष्ठान, यज्ञ सञ्चालन गर्ने निर्णय सबै पक्षको अवस्था हेरी सञ्चालन गर्ने तयारी गरिएको छ। ऐतिहासिक अतीरुद्राभिषेक धनधान्याञ्चल विश्व विराट संगितमय ज्ञान महायज्ञ कोटीहोममा नेपाल राष्ट्रका ऐतिहासिक जगद् गुरूहरुको उपस्थिति रहनेछ। यससँगै दक्षिण भारतबाट ब्राह्मण, भागवताचार्य गुरु, विद्वान प्रवचनकर्ता गुरु र काशिबनारसबाट शीर्षमुर्धन्यविद्वान गुरूहरुको उपस्थिति रहनेछ।

बनारसीधाम क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक भौतिक एवं आर्थिक समग्र पक्षको संर्वाङ्गिणी विकासका लागि धार्मिक अनुष्ठान महायज्ञ सञ्चालन गर्ने तयारी थालिएको पन्तले जानकारी दिए। मुख्य पुजारी दलित हुने बनारसी धाममा प्राचिनकालको पौराणिक ऐतिहासिक एक मात्र विभेदरहित क्षेत्र रहेको विषयको देशभर सन्देश दिने कार्यक्रमको उद्देश्य रहेको उनको भनाई छ।

यस कोटिहोमका लागि करिब १० करोड रुपैयाँ खर्च गरिने भएको छ। उक्त कोटिहोममा लाग्ने खर्च बराबरको भेटी संकलन हुने अपेक्षा रहेको पन्तले जानकारी दिए। त्यसभन्दा बढी भेटी संकलन भएमा उक्त रकम सोही मन्दीको स्तरउन्नतीका लागि खर्च गर्ने कोटीहोम आयोजकको तयारी छ। बनारसीधाममा सुदूरपश्चिम प्रदेशकै शक्तिपिठको रुपमा परिचित छ।

हरेक वर्षको माघ शुक्लपक्षको शैल्यदशमीका दिन बनारसीधाममा विशाल मेलाका साथै पूजालाग्ने गर्दछ। साउनेमेला, मकरमेला, गंगादशहरामेला, कोटिहोममेला, अक्षय तृतियामेला, विभिन्न पर्वहरूमा पर्वपूजा, महास्नान महारुद्राभिषेक, जात्रा, उत्सव, नित्यपूजा गंगास्नान, श्राद्धतर्पण आदि भईरहने धामका धार्मिक प्रवक्ता पन्तले बताए।

पौराणिक मान्यता अनुसार द्वापर युगमा खरर्परासुर ९खपरे० बाणाशुर, भष्माशुर अन्धकाशुर कालयवन लगायतका महाभयानक दैत्य दानव र देवताबिच झडप भएर झडपकै बेला बनारसीले त्यसै धाम नजिकको तलाउमा लगेर आफ्नो १०० मनको गदा ९गुर्ज० प्रहार गरि बध गरेको र त्यसै दिनदेखि देवताहरुले सर्वसम्मतिबाट स्वावासीदिँदै २२ तालको रुपमा नामकरण गरेको किम्बदन्ती छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार