सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षको अवरोध कायमै

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्ष दलहरुले अवरोध कायमै राखेका छन् । प्रतिपक्ष दलहरूले विरोधका कारण मंगलबारको बैठक स्थगित भएकोमा बुधबार पनि उनीहरुले अवरोध कायमै राखेपछि बैठक स्थगित भएको छ । बुधबार दिउँसो ३० मिनेटका लागि स्थगित गरिएको बैठक तीन घण्टासम्म पनि बस्न सकेको छैन । 

प्रदेश सरकारले अनावश्यक खर्च बढाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यले बैठकमा अवरोध गर्दै आएका छन् । प्रदेश सरकारले नीति तथा योजना आयोगमा ऐन संशोधन गरेर अनावश्यक सदस्य थप गरेको उनीहरुको तर्क छ । 

khadya

‘हाम्रो प्रदेशमा गरिबीदर सबैभन्दा बढी छ,’ एकीकृत समाजवादीका प्रदेशसभा सदस्यले मंगलबार भनेका थिए, ‘यस्तो अवस्थामा अनावश्यक खर्च कटौती गर्नुपर्ने हो । तर, नीति आयोगमा तीन जना सदस्य हुने व्यवस्था संशोधन गरेर पाँच जनाको नियुक्ति गरिएको छ । यसले फजुल खर्च बढाएको छ ।’

प्रदेश नीति तथा योजना आयोगमा यसअघि उपाध्यक्षसहित तीन जनाको नियुक्ति हुँदै आएको थियो । यसपटक काँग्रेस र एमालेले भागबन्डा गर्दै उपाध्यक्षसहित पाँच जनाको नियुक्ति गरिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार