‘फूल फेज’ मा संचालन नहुँदै जीर्ण बन्यो गेटा अस्पताल

भक्तराज जोशी

काठमाडौँ । ५-५ पटक प्रधानमन्त्रि बनेका शेर बहादुर देउवा कुन प्रदेशका हुन् ? उधोग मन्त्रि, परराष्ट्र मन्त्रि, उपप्रधानमन्त्रि, वनमन्त्रि आदि इत्यादि मन्त्रि कुन प्रदेशबाट बने ? तर, खोइ यतिका मन्त्रि पाउँदा पनि सुदूरपश्चिमले के पायो ? थप विकास गर्नू, बनाउनु त परको कुरा आज बनेको संरचनाको संरक्षण हुन नसक्दा सुदूर साच्चै केन्द्रबाट सुदूर बनेको छ । जसको गतिलो उदाहरण गेटा अस्पताल हो ।

गेटामा आर्थिक वर्ष २०७७/७८ मै २८ वटा अत्याधुनिक भवन निर्माण गरिएका छन । तर आलिसान भवन निर्माण गरिएको ४ वर्ष पुग्दा पनि ती गगनचुम्मी भवन औचित्यहीन बनेका छन्, रेखदेख र संरक्षणको अभावमा दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् ।  

७ अर्ब लगानीमा निर्माण गरिएको गेटा अस्पतालमा सुविधा सम्पन्न ल्याब, प्रोजेक्टर र आधुनिक प्रविधिसहितको कक्षा कोठा, सुविधा सम्पन्न सेमिनार हल, मिटिङ्ग हल तयार गरिएका छन् । तर लाचार सरकारको लाचारीपनकै कारण आज ती संरचना त्यसै थन्किएका छन् । भित्ताका रंग खुलिएका छन्, पर्खाल, बाउन्ड्री, भित्ता लगायतका संरचना चर्किएका छन्, राखिएका मेसिनरी सामान प्रयोगमा न आउंदै बिग्रिएका छन्, बिरामी हुनुपर्ने अस्पतालमा धेरै माकुराका जाला छन, अस्पताल परिसर पशुचौपायाको चरण क्षेत्र बनेको छ । तर न यसतर्फ सरकारले ध्यान दिएको छ, न सरकारका नालायक मन्त्रिले यसबारेमा सोचेका छन ।    

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार जम्मा ५० सैयामा संचालन भएको गेटा अस्पतालमा १४१ दरबन्दी मध्ये अहिले जम्मा ९५ जना कर्मचारी छन् । ती मध्ये पनि स्थायी कर्मचारी ३५ जना छन् भने बाँकी कनट्र्याक्टमा राखिएका छन् । तर, डेढ महिनादेखि अस्पताल प्रमुखविहीन हुँदा भएका कर्मचारीले पनि तलव पाएका छैन भने कुन दिन कामै छोडेर जाने हुन् भन्ने अर्को चिन्ता थपिएको छ ।

गेटा अस्पताल संचालन गर्न नसक्ने भए जनताको करबाट उठाएको अरबौँ पैसा किन खेर फालेको ? किन बनाएको यत्रो ठुला ठुला भवन ? किन देखाएको सुदूरपश्चिमेली जनतालाई मेडिकल कलेजको सपना ? सक्ने भए गेटा अस्पताललाई तत्काल संचालन गर सरकार, नभए गरिदेउ हात खडा, अनि सुम्पिदेउ संरचना सुदूरपश्चिमेली जनतालाई । हामी बनाउँछौ अस्पताल, हामी देखाउछौँ संचालको मोडालिटी । तर बिन्ति, दुई ढुङ्गाबीचको तरुल नबनाइदेउ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार