धनगढीका टोल टोलमा एमालेको कमिटी गठन गर्दै

धनगढी : नेकपा एमालेको जरा अभियान अन्तरगत धनगढीका वडाहरुमा टोल कमिटी गठन गरिरहेको छ । अभियान अन्तरगत कैलाली निर्वाचन क्षेत्र नम्बर ५(२) मा पर्ने धनगढी उपमहानगरपालिकाका वडाहरुमा टोल कमिटी गठन भइरहेको समन्वय समितिले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–९ को शैलेश्वरी गौरिपुुर टोलमा पुजा जनालको अध्यक्षतामा ७ सदस्यीय कमिटी सर्वसम्मत रुपले गठन गरिएको छ । यस्तै, धनगढी उपमहानगरपालिका–४ को एकता टोलमा साबित्रा राईको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन गरिएको छ ।

वडा नम्बर ७ को देवहरीया टोलमा बल्दिया रानाको अध्यक्षतामा ७ सदस्यीय टोल समिति बनाइएको एमाले नगर कमिटीले जनाएको छ । धनगढी उपमहानगरपालिका–३ को बिरेन्द्रनगर कालिका टोलमा कल्पना रोक्काको अध्यक्षतामा ७ सदस्यीय टोल कमिटी, मिलनचोक टोलमा सुनिता दाहालको नेतृत्वमा ९ सदस्यीय कमिटी, वडा नम्बर १८ को तुलसीबारी टोलमा थर्कबहादुर बस्नेतको नेतृत्वमा ९ सदस्यीय कमिटी गरिएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका–३ को डिलासैनी शिवनगर टोलमा पुष्कर विष्टको अध्यक्षतामा ९ सदस्यीय कमिटी, बिशालनगर टोलमा माधव ढकालको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरिएको नगर कमिटीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार