स्कुटर दुर्घटना हुँदा प्रहरीका सई योगेन्द्र बहादुर बोहराको निधन

 कैलाली : कैलालीको अत्तरियामा स्कुटर दुर्घटना हुँदा प्रहरी नायब निरीक्षक (सई ) योगेन्द्र बहादुर बोहराको निधन भएको छ । सोमबार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका – २ विद्युत् कार्यालय नजिक अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा सई बोहराको निधन भएको हो ।

सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना हुँदा घाइते भएका बोहराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा निधन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

उनी हाल सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीको व्यक्तिगत सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पिएसओ) को रूपमा कार्यरत थिए । बझाङको मष्टा गाउँपालिका –७ निवासी बोहरा हाल गोदावरी नगरपालिका – ५ गेटामा बस्दै आएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार