दिदी बला’त्कार प्रकरणमा ट्विस्ट, भाइले भने- ‘परपुरुषसँग रंगेहात भेटेपछि उल्टै मलाई दोषी बनाइयो’

भक्तराज जोशी

धनगढी । भारतको कर्नाटकमा भएको दिदी बलात्कार प्रकरणमा नयाँ ट्विस्ट आएको छ । आफ्नो दिदी नाता पर्नेलाई बलात्कार प्रयास गरेको भन्दै कालोमोसो दलिएका बझाङका ३५ वर्षीय सुरेन्द्र रोकायाले उल्टै आफू पीडित भएको बताएका छन् ।

कल २४ न्युजको सम्पर्कमा आएका रोकायाले दिदी नाता पर्ने ती महिलालाई परपुरुषसँग रंगेहात फेला पारेपछि आफू जोगिन बलात्कार प्रयासको आरोप लगाएको दाबी गरेका छन् ।

khadya

सुरेन्द्रका अनुसार ती महिला उनकी श्रीमतीकी दिदी हुन् । उनी कर्नाटकमा आफ्नै घरमा बस्दै आएकी थिइन् । उनी एकल महिला भएको पनि सुरेन्द्रले बताएका छन् । दिदी नाता पर्ने हुँदा आफ्नो श्रीमती पनि बेला बेलामा उनको घरमा गइरहने सुरेन्द्रको भनाई छ ।

यहीबीच सुरेन्द्रले दिदी नाता पर्ने ती महिलाले घरमै परपुरुष बोलाउने गरेको सुइँको पाए । आफ्नो श्रीमतीलाई समेत घरमै लगेर परपुरुषसँग अनैतिक सम्बन्धका लागि उनले जबरजस्ती गर्ने गरेको सुरेन्द्रको भनाई छ ।

एकदिन सुरेन्द्र राती दिदीको घरमा पुगे । त्यसबेला उनकी दिदीले घरमै परपुरुष बोलाएकी थिइन् । आफ्नो श्रीमती र दिदीलाई परपुरुषसँग रंगेहात भेटेपछि प्रतिकारमा उत्रिएको सुरेन्द्रले बताएका छन् ।

‘कयौँ पटक मिल्नका लागि आग्रह गरेका थिए । एक दिन आफूसहित दुई जना अन्य मान्छे लिएर दिदी मेरै घरमा आइन्’, उनले भने, ‘त्यसपछि म माथि उल्टै बलात्कार प्रयासको आरोप लगाएर कालोमोसो दले र भिडियो बनाए ।’

सुरेन्द्रका अनुसार परपुरुषसँगको अनैतिक सम्बन्ध थाहा पाएपछि आफू जोगिनका लागि दिदीले उल्टै बलात्कार प्रयासको आरोप लगाएर समाचार बनाउन लगाएको सुरेन्द्रले बताएका छन् । उनले उक्त घटनाविरुद्ध कानूनी लडाइँ लड्ने पनि बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

40%

दु :खी

60%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार