छोरी पढाउन पतिले मृगौला बेचे, पत्नी पैसा चोरेर प्रेमीसँग भागिन्

दिल्ली । भारतमा एक महिला पतिको मृगौला बेचेको पैसा चोरेर प्रेमीसँग भागेकी छिन् । पश्चिम बंगालमा छोरीलाई पढाउन मृगौला बेचेका पतिको पैसा चोरेर ती महिला प्रेमिसँग भागेकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ती पुरुषले करिब ३ महिनाअघि छोरीको पढाई र विवाहका लागि भन्दै १० लाख भारतीय रुपैयाँमा मृगौला बेचेका थिए ।

khadya

उक्त पैसा ती पुरुषले आफ्नी श्रीमतीलाई राख्न दिएका थिए । तर ती महिला सो पैसा लिएर आफ्नो प्रेमीसँग भागिन् । ती महिलाको प्रेमिसँग फेसबुकबाटै चिनजान भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ती महिलाले नै ती पुरुषलाई मृगौला बेच्न उक्साएकी थिइन् ।

प्रहरीमा उजुरी गरेर ती महिलालाई भेट्दा पनि ती महिलाले भने पैसा फिर्ता गर्न पनि नमानेको र पतिसँग सम्बन्धविच्छेद पनि गर्न नमानेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार