पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने विषयमा भारतको महत्वपूर्ण सहमति

धनगढी : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सिआर पाटिलबीच भारतमा भएको भेटवार्तामा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने विषयमा महत्वपूर्ण सहमति जुटेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको इन्डिया इनर्जी वीक–२०२५ मा सहभागी हुन गएका मन्त्री खड्का र भारतीय मन्त्री पाटिलबीच आयोजना निर्माणको प्रारम्भिक विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० यथाशीघ्र अन्तिम रूप दिने सहमति भएको वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिए ।

khadya

अष्तष्शभल कभअगचष्तथ कभचखष्अभक
यसका साथै, टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेकोले महाकाली सन्धिअनुसार पानी सञ्चालनको कार्यविधि अन्तिम रूप दिन दुबै पक्ष तयार रहेको अधिकारीले बताए । बाढी तथा डुवान व्यवस्थापनका लागि नेपाल–भारत संयुक्त समितिको १४ औं बैठक आगामी मार्च २२–२४ मा गर्ने सहमति समेत भएको छ । बैठकका लागि नेपाल सरकारले औपचारिक पत्राचार गर्ने तयारी गरिरहेको छ ।

ऊर्जामन्त्री खड्काले पछिल्लो उच्चस्तरीय भेटघाट तथा छलफलबाट नेपाल–भारतबीच जलस्रोत क्षेत्रमा सहकार्य मजबुत हुने विश्वास व्यक्त गरे । उता, भारतीय जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपिआर छिट्टै टुंग्याइ आयोजनालाई द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार