कैलालीमा एमाले निकट युवा संघको नयाँ जिल्ला समिति गठन, ३७ सदस्यीय समिति चयन

धनगढी : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, कैलालीको नयाँ जिल्ला समिति गठन गरिएको छ। संघका निवर्तमान उपाध्यक्ष दिपेश खड्का (डेबिट) र जिल्ला इन्चार्ज उमेश तुलाचनको प्रमुख आतिथ्यतामा भएको भेलाले हेमन्त साउदको नेतृत्वमा ३७ सदस्यीय समिति चयन गरेको हो।

जसमा साउदको नेतृत्वमा उपाध्यक्षमा हिमान्सु शाह, सचिवमा उत्तम महरा, सह–सचिवमा कृष्ण थापा र छत्र गुरुङ, कोषाध्यक्षमा सरिता जैसीसहित सदस्यहरु चुनिएका छन्।

यस्तै उता केन्द्रले भने अर्को कमिटी तोकेको बताइएको छ। जसअनुसार राष्ट्रिय युवा संघ नेपाल कैलालीको अध्यक्षमा अनन्त बोहरा तोकिएका छन्। यस्तै उपाध्यक्षमा दिपेश खड्का, सचिवमा छत्र बुढा, सह–सचिवमा दिनेश कुमाल र अपेक्षा रोकाय तोकिएका छन्।

अहिले जिल्लामा २ समिति बनेपछि आधिकारिकताको विवाद हुने देखिएको छ। यद्यपि जिल्ला भेलाको समिति नै आधिकारिक हुने केही नेताहरुको भनाईलाई अर्को पक्षका नेताहरूले अस्वीकार गर्दै आएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार