जिस्क्याएको तथा हल्ला गरेको भन्दै विद्यार्थीको गालामा तातो पन्यूले डाम्ने एक शिक्षिका पक्राउ

काठमाडौं : तनहुँमा तातो पन्यूले विद्यार्थीको गालामा डाम्ने एक शिक्षिका पक्राउ परेकी छन् । तनहुँ भिमाद नगरपालिका-६ शान्तिनगरमा रहेको एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा पढ्ने चार विद्यार्थीको गालामा पन्यूले डाम्ने लेखापाल एवम् शिक्षक ३४ वर्षीया सुस्मा श्रेष्ठलाई पक्राउ गरिएको हो ।

विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी समेत रहेकी लेखापाल श्रेष्ठले जिस्क्याएको तथा हल्ला गरेको भन्दै चार विद्यार्थीको गालामा तातो पन्यूले डामेकी हुन् । विद्यालय सञ्चालक तथा प्रिन्सिपलकै छोरीबाट भएको यस्तो अमानवीय कामको अभिभावक तथा विद्यार्थीले चर्को आलोचना गरिरहेका छन् ।

khadya

आफ्नो प्रिन्सिपल बुबा उपस्थित नभएर विद्यालयकै ‘कमाण्ड’ सम्हालेकी श्रेष्ठले घरबाटै पन्यू ल्याई तताएर विद्यार्थीलाई डामेकी थिइन् । डामिएका विद्यार्थी १० वर्ष उमेरका छन् । आफ्ना बच्चाहरूलाई विद्यालयमा पन्यू तताएर यातना दिइएपछि अभिभावक मुर्छित बन्न पुगेको पीडित विद्यार्थीका आमा विष्णु परियारले बताइन् ।

अनुसन्धानका क्रममा उक्त शिक्षकबाट अन्य दुई जनासमेत पीडित भएको खुल्न आएको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । श्रेष्ठलाई पक्राउ गरी बालबालिका बिरूद्धको कसुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार