छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालत रूपन्देहीको आदेशमा कैफियत प्रतिवेदन माग

काठमाडौं : सुप्रिम सहकारी ठगी मुद्दामा गोर्खा मिडियाका तत्कालीन पूर्वउपाध्यक्ष डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशमा कैफियत प्रतिवेदन माग भएको छ।

सोमबार जिल्ला न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध उच्च गएका जोशीको रिटमा सुनुवाई गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले बुधबार कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो।

Galaxy

सुप्रिम सहकारीबाट लामिछानेका नाममा व्यक्तिगत २ करोड र जोशीका नाममा व्यक्तिगत २ करोड ५० लाख रुपैयाँ एकै प्रकृतिबाट रकम गएको अभियोगपत्रमा उल्लेख छ । दुवैमा कुनै प्रक्रिया पूरा नगरी ऋण प्रवाह गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार