धनगढीका होटलबाट अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा

धनगढी — बजार क्षेत्रका विभिन्न होटल तथा लजमा अनैतिक गतिविधि भइरहेको सूचनापछि प्रहरीले सञ्चालन गरेको विशेष चेकजाँचका क्रममा २४ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका अन्तर्गतका होटल र लजहरूमा गरिएको अनुगमनका क्रममा ११ महिला र १३ पुरुष फेला परेका हुन्। नियन्त्रणमा परेकामध्ये सात जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

हाल नियन्त्रणमा रहेका सबै व्यक्तिलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले होटल तथा लजहरूमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि निगरानी र अनुगमनलाई निरन्तरता दिने बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार